onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

च्याम्पियन्स लिगको उपाधिको लागि पीएसजी र बायर्न म्युनिख भिड्दै

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज राति फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मनी क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुदैछ ।

पोर्चुगलको लिस्बोनमा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजेपछि सुरु हुनेछ ।

प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको दुबै टिम इतिहास रच्ने दाउसहित मैदानमा उत्रिने छ ।

च्याम्पियन्स लिगको लामो इतिहासमा पीएसजी पहिलो पटक फाइनल खेल्दैछ । भने बायर्न म्युनिख ११ औं पटक फाइनल खेल्दैछ । जसमा बायर्न म्युनिख पाँचौ पटक च्याम्पियन समेत बनेको छ ।

सन् १९७४ मा पहिलो पटक च्याम्पियन बनेको
बायर्न म्युनिखले त्यसपछिका दुई संस्करणमा पनि लगातार च्याम्पियन बनेको थियो ।

त्यसपछि बायर्न म्युनिखले सन् २०००-०१ को संस्करण पनि आफ्नो नाममा लेखाउन सफल भएको थियो । यस्तै अन्तिम पटक सन् २०१३ मा बायर्न म्युनिखले उपाधि उचालेको थियो ।

र त्यसको सात वर्ष पछि बायर्न म्युनिख फेरी उपाधि नजिक रहेको छ । तुलनात्मक रुपमा हेर्दा बायर्न म्युनिख पीएसजी भन्दा केही माथि देखिएको भएपनि दुबै टोलीमा उत्तिकै अनुभवी र उत्कृष्ट खेलाडीहरु भएको हुँदा खेल प्रतिष्पर्दात्मक र रोमान्चक बन्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा बायर्नले फ्रेन्च क्लब लियोनलाई र पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० गोल अन्तरले पराजित गर्दै फाइनल स्थान पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्