onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेन्ट लुसियाद्वारा सेन्ट किट्ससामू सम्मानजनक विजयी लक्ष्य प्रस्तुत

एजेन्सी । क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) अन्तर्गत प्रतियोगिताको सातौं खेलमा अहिले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सेन्ट लुसियाको सामना गरिरहेको छ ।

ब्रायन लारा क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको छ ।

सम्मानजनक योगफल खडा गर्ने क्रममा सेन्ट लुसियाले सुरुवात देखिनै राम्रो सुरुवात गरेको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यानद्वय आन्द्रे फ्लेचर र रहकिम कोर्नवालले क्रमश : ४६ र १६ रन बनाएका थिए ।

यस्तै मार्क डियालले ३० तथा नजीबुल्लाह जाद्रानले २८ रनको योगदान गरेका थिए ।

यस्तै अन्त्यतिर मोहम्मद नबीलेले पनि अविजित रह्दै ३५ रनको योगदान गरेका थिए ।

बलिङतर्फ सेन्ट किट्सका सोहेल तनवर र जोन-रस जगगेसरले समान २/२ विकेट लिएका थिए भने रायद इमृतले पनि एक विकेट हात पारे।

अब सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ७३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै सेन्ट किट्सले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

जारी प्रतियोगितामा सेन्ट लुसियाले यसअघि दुई खेल खेलिसकेको छ । जसमा पहिलो खेलमा जमैकासँग ५ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा सेन्ट लुसियाले बार्बोडसलाई ७ विकेटले पराजित गरेको थियो

यता यसअघि दुई खेल खेलेको सेन्ट किट्सले दुबै खेल गुमाएको छ । सेन्ट किट्स पहिलो खेलमा बार्बोड्ससँग ६ रनले र दोस्रो खेलमा गुयानासँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्