onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज राति सन्दीपको टिम जमैका र गुयाना भिड्दै

एजेन्सी । विश्वको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता मध्यको एक क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाजले आफ्नो तेस्रो खेलमा आज राति गुयाना अमेजन वारियर्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार आज राति १२ बजेपछि सुरु हुने खेलमा जमैका लिगमा दोस्रो जितको खोजिमा रहने छ । पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको जमैका दोस्रो खेलमा भने ट्रिनबागो नाइट राइडर्सलेसँग ७ विकेटले पराजित हुन् पुगेको थियो ।

तसर्थ दुई खेलमा एक खेल गुमाईसकेको जमैकालाई यो खेल उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

यता २ खेलनै खेलिसकेको गुयाना पनि एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको हुँदा उ पनि दोस्रो जितको खोजिमा रहदै मैदानमा उत्रिने छ ।

गुयाना पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गुयानाले सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो ।

यता यसअघिका दुई खेलमा स्थान बनाउँन सफल भएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने यो खेलमा पनि खेल्ने उत्तिकै सम्भावना रहेको छ । उनले जारी प्रतियोगितामा मध्यम प्रदर्शन गरेको भएपनि महत्त्वपूर्ण २ विकेट भने हात पारी सकेका छन् ।

पहिलो खेलमा सेन्ट लुसियाका नजीबुल्लाह जाद्रानको विकेट लिएका उनले दोस्रो खेलमा नाइट राइडर्सका सुनिल नारायणको विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्