onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुरुष खेलाडीको बीमा हुँदा महिला खेलाडीले कुर्नु पर्ने !

काठमाडौं (अनलाइन खेल खबर ) ।नेपाल क्रिकेट संघ (क्यान)ले हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस (कोभिड -१९)लाई मध्यनजरमा राख्दै अहिले आफ्ना खेलाडीहरुको बीमा गरिदिने काम अगाडी बढाईसकेको छ ।

जसअन्तर्गत पहिलो चरणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले तयार पारेको वर्गीकरण सम्झौतामा रहेका खेलाडीसँगै कुल २३ जना पुरुष खेलाडीको बीमा गरिएको छ ।

यसका साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि मैदानमा कार्यरत १६ जना र मूलपानी क्रिकेट मैदानमा कार्यरत ७ जना मैदान कर्मचारीलाई समेत पहिलो चरणमा बीमा गरिएको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका अनुसार यसपछि चाडैंनै महिला खेलाडीको पनि बीमा गरिने छ ।

त्यसका लागि खेलाडीहरुको अहिले विवरण संकलन गर्ने काम तीब्र गतिमा भईरहेको उनले अनलाइन खेल खबरलाई बताए । कुल १८ जनालाई बीमा गर्ने सोच बनाएको क्यानले सबै खेलाडीको विवरण प्राप्त भईसकेपछि एकै साथ बीमा गराउने सोच बनाएको छ ।

यता प्रदेश २ क्रिकेट संघले पनि आफ्नो प्रदेश भित्र रहेका सबै खेलाडीको बीमा गर्नका लागि अहिले प्रक्रिया अगाडी बढाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्