onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेभिल्ला छ्ठौं पटक च्याम्पियन

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले छ्ठौं पटक युरोपा लिग फुटबलको उपाधि उचालेको छ ।

कीर्तिमानी उपाधि उचाल्ने क्रममा शुक्रबार जर्मनीमा भएको फाइनल खेलमा सेभिल्लाले इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।

सेभिल्लालाई च्याम्पियन बनाउँन लुक डे जोँगले दुई गोल गर्दा एक गोल उपहारस्वरूप प्राप्त गरेको थियो ।

भने इन्टर मिलानको तर्फबाट रोमेलु लुकाकु र डिएगो गोडिनले एक-एक गोल गरेका थिए ।

निकै निकै प्रतिष्पर्दात्मक बनेको खेलमा इन्टरका लुकाकुले खेलको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाती दिलाएका थिए ।

सुरुवाती अवस्थामा नै गोल खान पुगेको सेभिल्लाले त्यसपछि खेलको १२ औं मिनेटमा बराबरी गोल फर्कायो । टिमलाई खेलमा बराबरीमा ल्याउन लुक डे जोँगले गोल गरेका थिए ।

खेल १-१ को बराबरीमा चल्दै गर्दा खेलको ३२ औं मिनेटमा सेभिल्लाका लुक डे जोँगले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई फेरी अग्रता दिलाए ।

तर त्यो अग्रता धेरैबेर टिक्न भने सकेन । सेभिल्लाले गरेको दोस्रो गोलको २ मिनेटपछि इन्टरले बराबरी गोल फर्कायो ।

इन्टरका डिएगो गोडिनले उक्त गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलमा ७४ औं मिनेटमा सेभिल्लाले उपहार स्वरूप एक गोल प्राप्त गर्यो । अन्ततः उक्त उपहार गोललेनै सेभिल्लालाई च्याम्पियन बन्न निर्णायक भूमिका निर्वाह गर्यो ।

उक्त आत्मघाती गोल लुकाकुमार्फत हुन् पुगेको थियो । सेभिल्लाका कार्लोसले प्रहार गरेको बल लुकाकुको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत हुन् पुगेको थियो ।

योसँगै सेभिल्लाले युरोपा लिगमा छ्ठौं पटक च्याम्पियन बन्न सफल भएको हो । छ्ठौं पटक च्याम्पियन बन्ने सेभिल्ला एक्लो टिम समेत बनेको छ । यता इन्टरको भने चौथों पटक च्याम्पियन बन्ने सपना अधुरोनै रह्यो । इन्टरले अन्तिम पटक सन् १९९८ मा उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्