onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतीय क्रिकेटर विजय शंखर विवाह बन्धनमा बाधिंँदै

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउन्डर विजय शंखरले वैशाली विश्वेश्वरनसँग विवाह वन्धनमा बाधिँने पक्का गरेका छन् ।

बिहिबार आफ्नो सामाजिक संजाल इंस्टाग्राममार्फत विजयले आफुले ईगेन्जमेन्ट गरेको जानकारी गराएका थिए ।

सामाजिक संजालमार्फत जानकारी गराएपछि अहिले उनलाई टिमका सदस्यसँगै सुभचिन्तक तथा समर्थकहरुले बधाई दिईरहेका छन् ।

यसअघि केही दिन अगाडी भारतीय टोलीका बलर युजवेंद्र चहलले डाक्टर तथा कोरियोग्राफर धनश्रीसँग ईगेन्टमेन्ट गरेका थिए ।

२९ वर्षिय विजयले सन् २०१८ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका थिए। यसबीचमा उनले १२ एकदिवसीय र ९ खेल मात्र टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

यता अहिले विजय इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि तयारी गरिरहेका छन् । उनि सनराइजर्स हैदराबादबाट खेल्दैछन् । यस संस्करणको आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बर सम्म युएईमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्