onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेन्ट लुसियाद्वारा जमैकासामू सम्मानजनक विजयी लक्ष्य प्रस्तुत

एजेन्सी । रोस्टन चेजले अर्धशतकीय पारी खेलेपछि क्यारेबियन प्रिमियर लिग( सिपीएल ) को तेस्रो खेलमा सेन्ट लुसियाले जमैका तल्लावाजसामू सम्मानजनक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ब्रायन लारा क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ५८ रन बनाउन सफल भएको छ ।

इनिङको दोस्रो ओभरको अन्तिम बलमा टिमको स्कोर १५ रन हुँदा पहिलो विकेटका रुपमा टिमले ओपनर ब्याट्सम्यान रहकिम कोर्नवाललाई गुमाएको थियो। वीरसम्मी परमौलको बलमा क्याच आउट हुनुअघि उनले ९ बलको सामना गर्दै २ चौकासहित ९ रन बनाएका थिए ।

त्यसपछि सेन्ट लुसियाले ३.६ ओभरमा टिमको स्कोर ४० रन हुँदा दोस्रो विकेटका रुपमा मार्क डियाललाई गुमायो । परमौलकै बलमा क्याच आउट हुन पुगेका उनले ६ बलको सामना गर्दै १ चौका र २ छ्क्काको सहयोगमा १७ रन बनाएका थिए ।

मार्क आउट भएपछि विकेट किपर ब्याट्सम्यान आन्द्रे फ्लेचर २२ रन बनाएर पभेलियन फर्किए । उनलाई एन्द्रे रसेलले पभेलियनको बाटो देखाईदिएका थिए ।

त्यसपछि भने रोस्टन चेज र नजीबुल्लाह जाद्रानले टिमको पारीलाई अगाडी बढाउँन राम्रो साझेदारी गरे । यी दुईबीच चौथों विकेटका लागि ५२ रनको साझेदारी हुन् पुगेको थियो ।

तर १४.२ ओभरमा जाद्रान सन्दीप लामिछानेको बलमा क्याच आउट हुन पुगे । २१ बलको सामना गरेका उनले १ चौका र १ छ्क्कासहित २५ रन जोडे । यस्तै रोस्टन चेजले भने इनिङको सर्वाधिक धेरै रन बनाउने क्रममा ५२ रनको योगदान गरे ।

यस्तै मोहम्मद नाबिले पनि १३ रन बनाएका थिए ।

बलिङतर्फ जमैकाका लागि वीरसम्मी परमौल र मुजिव उल रहमानले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र एन्द्रे रसेलले पनि १-१ विकेट हात पारे । सन्दीपले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै मात्र २३ रन खर्चिएर उक्त विकेट हात पारेका थिए।

अब सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जमैकाले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्