onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ड्रीम-११ बन्यो आईपीएलको मुख्य प्रायोजक

एजेन्सी । भारतको अग्रणी गेमिङ फ्यान्टसी कम्पनी ड्रीम-११ ,१३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को मुख्य प्रायोजकका रुपमा जोडिन् सफल भएको छ ।

भारतीय चर्चित संचारमाध्यम ईकोनोमिक टाईम्स का अनुसार ड्रीम११ ले करिव २सय २२ करोड रकम तिरेर मुख्य प्रायोजक बन्न सफल भएको छ ।

मुख्य प्रायोजक बन्ने दौडमा अनएकेडेमी , टाटा ग्रुप जस्ता कम्पनी रहेका थिए । जसमा यी भन्दा धेरै बोलि लगाउँदै ड्रीम-११ यस संस्करणको मुख्य प्रायोजक बनेको छ ।

यसअघि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले साथ छोडेपछि बिसीसीआईले मुख्य प्रायोजक बन्नका लागि केहि दिन अघि बोलपत्र माग गरेको थियो ।

त्यसबेला बिसीसीआईले कम्तिमा ३ सय करोड बोलि हुनुपर्ने सर्त राखेको भएपनि कम्पनीले ईच्छा नदेखाएपछि बिसीसीआईले यत्तिमानै चित्त बुझाएको छ ।
पछिल्लो समय भारत र चीनबीच सिमा विवाद जारी रहँदा भारतमा चिनियाँ विरोधी जनलहरसँगै चिनियाँ सामाग्री प्रयोगमा नल्याउने अभियान चल्दै गर्दा त्यसैलाई मध्यनजर गर्दै आपसी समझदारीमा भिभोले साथ छोडेको थियो।

यता यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्