क्रिकेट खेलाडी कुन्दनको सहयोगार्थ कतारमा च्यारिटी खेल हुने

क्रिकेट खेलाडी कुन्दनको सहयोगार्थ कतारमा च्यारिटी खेल हुने

काठमाडौं (अनलाइन खेल खबर ) । दुबै मिर्गौला फेल भई उपचारार्थ रहेका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहलाई सहयोगार्थ कतारमा च्यारिटी खेल हुने भएको छ ।

आउँदो शुक्रबार हुने उक्त च्यारिटी खेलमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने नेपाल क्रिकेट क्लब कतार र भारतिय समुदायको बाहुल्यता रहेको अल ईख्तियारको सहभागीता रहने छ ।

कतारमा रहेर क्रिकेट गतिविधिमा क्रियाशिल रहदै आएको नेपाल क्रिकेट क्लबले कुन्दन सिंहको अवस्था देखेर उनको उपचारका लागि केही सहयोग पुगोस् भनेर यो च्यारिटी खेल आयोजना गर्न लागेको हो ।

कुन्दनको उपचारार्थ केही रकम पहिलेनै आफूहरुले संकलित गरिसकिएको र केही रकम यहीँ च्यारिटी खेलबाट उठाईने र नेपालमा कुन्दन सिंह बचाउँ अभियान जारी राखेका विज्ञान कार्कीमार्फत कुन्दनलाई सहयोग गर्ने सोच रहेको क्लबले जानकारी गराएको छ ।

च्यारिटी खेल स्थानिय समय अनुसार दिउँसो ३ बजेपछि कतारस्थित सहेलिया मैदानमा हुनेछ ।

यता दुबै मिर्गौला फेल भई डाईलासिसको साहारामा रहेका कुन्दन अहिले कोरोना भाइरस ( कोभिड-१९ ) बाट पनि सक्रमित हुन् पुगेका छन् । पछिल्लो स्थितिमा उनको स्वास्थ्य क्रम भने सुधारात्मक रहेको छ ।

यो पनिप्लिज मलाई बचाउँनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *