onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नयाँ सिजनका लागि धेरै उत्साहित छु : सन्दीप

एजेन्सी । आज देखि सुरु हुन गईरहेको विश्व क्रिकेटको चर्चित र प्रतिष्ठित क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सिपीएल ) का लागि नेपालका स्टार सन्दीप लामिछानेले आफू नयाँ सिजनको लागि उत्साहित रहेको बताएका छन् ।

लिग सुरु हुने पुर्वसन्धामा उनले आफ्नो सामाजिक संजालमार्फत उक्त धारणा व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा आफू उत्साहित रहेको र सबै समर्थकहरुलाई त्यसका लागि तयार हुन समेत आग्रह गरेका छन् ।

रोभ्मान पावेलको कप्तानीमा रहेको जमैका तलावाजसँग आबद्ध सन्दीपको टिमले लिगमा बुधबारबाट सुरुवात गर्नेछ । लिगको पहिलो खेलमा जमैकाले सेन्ट लुसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

लगातार तेस्रो सिरिज खेल्ने तयारीमा रहेका सन्दीपलाई जमैकाले ड्राफ्टकामार्फत न्युनतम मूल्य ९० हजार अमेरिकन डलरमा टिममा अनुबन्धित गरेको थियो ।

यसअघि सन्दीपले सन् २०१८ मा पहिलोपटक सिपीएल खेलेका थिए । उनलाई सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसमा उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

पहिलो सिजन सेन्ट किट्सबाट खेलेका उनि दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनलाई बार्बाडोसले ७० हजार अमेरिकन डलर तिरेको थियो । जसमा उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए ।

सिपीएल खेलेपछि सन्दीपको गन्तव्य युएई हुनेछ । सेप्टेम्बर १९ बाट सुरु हुन् गईरहेको इन्डियन प्रिमियर लिग ( आईपीएल ) का लागि उनि उत्तैबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्