onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साख्तरमाथि सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा

एजेन्सी । युक्रेनी क्लब साख्तर डोनेक्समाथि सानदार जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युईएफए युरोपा लिगमा पाँचौपटक फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इन्टर मिलानले साख्तर डोनेक्समाथि सानदार जित निकाल्ने क्रममा ५-० गोल अन्तरले पराजित गरेको थियो ।

एकतर्फी बनेको खेलमा इन्टर मिलानका लागि लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई-दुई गोल गर्दा डानिलो डी एम्ब्रोसियोले एक गोल गरेका थिए ।

खेलमा खेलको १९ औं मिनेटमानै मिलानले अग्रता लिएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा पहिलो गोल मार्टिनेजले गरेका थिए ।

पहिलो हाफ भित्र १-० को अग्रता बनाएको इन्टर मिलानले दोस्रो हाफमा थप ४ गोल थप्यो । खेलको ६४ औं मिनेटमा डानिलोले टिमका लागि दोस्रो गोल गर्दा ७४ औं मिनेटमा मार्टिनेजले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

त्यसपछि भने लुकाकुले लगातार दुई गोल गर्न सफल भए । उनले ७८ औं मिनेटमा टिमका लागि चौथों र ८३ औं मिनेटमा पाँचौ गोल गरेका थिए ।

प्रतियोगितामा तीनपटक च्याम्पियन बनिसकेको इन्टरले अब उपाधिका लागि शुक्रबार राति स्पेनिस क्लब सेभिल्लाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्