onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्यासपछि धोनीलाई चुनावमा लड्न बिजेपी नेताको प्रस्ताव

एजेन्सी । भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेपछी अहिले विभिन्न माध्यमबाट प्रतिक्रिया आउँने क्रम रोकिएको छैन ।

सन्यासको दोस्रो दिनसम्म आईपुग्दा अहिले पनि उनको सन्यासलाई लिएर प्रतिक्रिया दिनेहरुको क्रम रोकिएको छैन। त्यो जारीनै रहेको छ ।

उनको सन्यासपछि सामाजिक संजाललाई नियाल्ने हो भने पनि उनको लोकप्रियता कति रहेछ भन्ने आंकलन गर्न गार्हो पर्दैन ।

लामो समय भारतीय क्रिकेट टोलीमा बिताउँदै भारतलाई यो स्तरमा पुर्याउन अतुलनीय योगदान पुर्याएका धोनीको सन्यासलाई लिएर अधिकाम्सले उनको सरल ब्यक्तित्व र खेल्ने शैलीको तारिफ गर्दै धन्यवादसहित आफ्ना कुराहरु ब्यक्त गरेका छन् ।

तर यसबीचमा भारतीय जनता पार्टी (बिजेपी ) का राज्यसभा सांसदसमेत रहेका नेता सुब्रमण्डयम स्वामीले भने अलिकती फरक प्रतिक्रिया दिएका छन् ।

सन्यासपछि उनले आफ्नो सामाजिक संजाल टुईटरमार्फत धोनीले जसरी क्रिकेटमा प्रदर्शन गरेका छन् । त्यस्तै सार्वजनिक जिवनमा पनि आवस्यक रहेको र त्यसका लागि सन् २०२४ को लोकसभा निर्वाचनमा लड्नु पर्ने सुझाएका छन् ।

भारतमा खेलाडीहरुलाई यस्तो प्रस्ताव भने नौलो होइन । जुन विगत लामो समय देखि चल्दै आएको छ । यसबीचमा कयौं खेलाडीहरु सांसद बने पनि । अघिल्लो वर्षमात्रै लोकसभा चुनावमा भारतीय सफल क्रिकेटर गौतम गम्भिर भारतीय जनता पार्टी(बिजेपी ) बाट पूर्वि दिल्लीबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्