onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तर्राष्ट्रिय नजर परेको सिरिजमा जर्मनीको सानदार क्लिन स्वीप !

एजेन्सी । कोरोना भाइरस ( कोभिड-१९ ) ले गर्दा बीचमा रोकिएको क्रिकेट गतिबिधि अहिले सुचारु भईरहेका छन् ।

जस अन्तर्गत इंग्ल्यान्डले वेस्ट इन्डिजसँग टेष्ट सिरिज त्यसपछि आयरल्यान्डसँग एकदिवसीय सिरिज र अहिले पाकिस्तानसँग खेलिरहेको छ ।

भाइरसका कारण केहि महिना पूर्ण ठप्पनै भएको क्रिकेटमा अहिले यी वाहेक विभिन्न देशको सिरिजसँगै क्यारेवियन प्रिमियर लिग ( सिपीएल ), इन्डियन प्रिमियर लिग ( आईपीएल ) पनि हुने क्रममा रहेको छ ।

यसरी पुरुष क्रिकेट फर्किदै गर्दा महिला क्रिकेटको हकमा युरोपेली मुलुक जर्मन र अष्ट्रियाबीच ५ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज यसबीचमा भएको छ ।

कोरोना भाइरसले केहि महिना क्रिकेट खेल रोकिएको अवस्थामा भएको यस सिरिज अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पनि त्यसैको कारण नजरमा परेको थियो ।

सिरिजमाथि पाहुना टोली जर्मनीले ५ वटै खेल जित्दै सिरिज क्लिन स्वीप गरेको छ ।

सिरिज अन्तर्गत जर्मनीले पहिलो खेलमा अष्ट्रियालाई ८२ रनले पराजित गरेको थियो । भने दोस्रो खेलमा १ सय ३८ रनले ,तेस्रो खेलमा १० विकेटले र चौथो खेलमा १ सय ३७ रनले पराजित गरेको थियो ।

यस्तै शनिबार भएको सिरिजको अन्तिम खेलमा अष्ट्रियालाई ७९ रनले पराजित गरेपछि सिरिजमाथि जर्मनीले क्लिन स्वीप
गरेको हो ।

आईसीसीको टि-ट्वान्टी महिला वरियतामा जर्मनी २६ औं स्थानमा रहेको टिम हो ।भने अष्ट्रिया ५३ औं स्थानमा रहेको टिम हो ।

वरियतामा पनि ठूलो अन्तर रहेको यी दुईबीचको खेलमा पनि स्तर स्पष्ट देखिएको थियो । फलस्वरुप सिरिज भरी खेल एकतर्फी मात्र हुन् पुगेको थियो ।

सिरिज भरी जर्मनीकी क्रिस्टीना गॉफले सर्वाधिक धेरै रन बनाउँन सफल भईन । उनले ५ खेलबाट २ सय ३९ रन जोडेकी थिइन् । भने सिरिजमा सर्वाधिक विकेट जर्मनीकी एम्मा बर्गनाले लिइन् ।उनले सिरिजमा ४ खेलबाट १० विकेट हात पार्न सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्