onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

खडक वारियर्स ले चुम्यो सप्तरी प्रिमियर लिग को उपाधी

साउन २ , अनलाईन खेलखबर || सप्तरी क्रीकेट सघ को आयोजना तथा राजबिराज नगरपालिका को आर्थिक सहयोग मा सम्पन प्रथम मेयर कप सप्तरी प्रिमियर लिग को उपाधि बजाज खडक वारियर्स ले जितेको छ ।

फोटो – विकेट नेपाल

आज भएको फाईनल खेल मा बर्साइन थन्डर्स लाई ४ बिकेट ले पराजित गर्दै बजाज खडक वारियर्स ले उपाधि चुमेको हो ।

सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मा आज भएको फाईनल खेल मा टस हारेर पहिले ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित पुरै २० ओवर खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । जसमा कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको पारि खेलेका थिए । यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाउदै सम्मानजनक स्कोर बनाएको थियो ।

बलिग तर्फ खडक वारियर्सका लागि बिबेक यादब , उपेन्द्र रोय र हरिशंकर शाहले समान २/२ विकेट लिन सफल भएका थिए ।

१ सय २८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाउदै उपाधी आफ्नो नाम मा गर्न सफल भयो । वारियर्स लाई उपाधी दिलाउँन म्यान अफ द म्याच समेत भएका पुस्प थापाले सर्वाधिक ४२ रनको पारि खेलेका थिए । यस्तै
र्फिर्दोश अन्सारीले अविजित २५ रन को पारी खेले भने प्रशान्त राई १६, बिबेक यादब ले १६ हसिम अन्सारी ७ रन बनाएका थिए ।

बलिग तर्फ बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २/२ विकेट हात पारे।

च्याम्पियन बनेको बजाज खडक वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । भने उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी सहित ८१ हजार रुपैयाँ प्राप्त गर्यो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिम बारियर्स का कप्तान बिबेक यादब घोषित भए उनले १५ नगद पाए । यस्तै उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब हुदा उत्कृष्ट ब्याटसम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए उनी हरु ले जनही समान १०/१० हजार प्राप्त गरे यस्तै प्रतियोगिता का उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए ।

करिव १ हप्ता चलेको प्रतियोगिता मा ३ टिमहरु बोदेबर्साईन थन्डर्स, बजाज खडक वारिर्यस र तिलाठी कोईलाडी हिरोजको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्