onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेल्सीमाथि सानदार जित निकाल्दै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिस क्लब चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले चेल्सीलाई ४–१ ले पराजित गरेसँगै समग्रमा ७-१ ले जित आत्मसाथ गर्दै बायर्नले अन्तिम ८ को स्थान पक्का गरेको हो ।

यसअघि पहिलो लेगमा बायर्नले चेल्सीलाई ३-० ले पराजित गरेको थियो । यता दोस्रो लेगमा सानदार जित हासिल गर्ने क्रममा बायर्नका रोबर्ट लेवन्डोव्स्कीले दुई तथा इवान पेरिसिक र कोरेन्टिन टोलिसोले एक -एक गोल गरेका थिए । भने चेल्सीका टमि अब्राहमले एक गोल फर्काएका थिए ।

खेलमा खेलको १० औं मिनेटमा बायर्नले अग्रता बनाएको थियो । टिमलाई खेलमा सुरुवाती अग्रता दिकाउँने क्रममा पहिलो गोल रोबर्टले गरेका थिए । पहिलो गोल गरेको १४ मिनेटपछि बायर्नले दोस्रो गोल थप्यो । टिमका लागि दोस्रो गोल इवानले गरेका थिए ।

दुई गोलले पछि परेको अवस्थामा चेल्सीले पहिलो हाफको अन्तिम तिर एक गोल फर्कायो खेलको ४४ औं मिनेटमा अब्राहमले गोल गर्दै खेललाई रोचक मोडमा पुर्याएका थिए ।

पहिलो हाफमा २-१ अग्रता कायम गरेको बायर्नलेले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो । खेलको ७६ औं मिनेटमा टोलिसोले र ८३ औं मिनेटमा पेनाल्टीमार्फत रोबर्टले गोल गरेपछि बायर्नलाई फराकिलो जित आत्मसाथ गर्न प्रयाप्त बन्यो ।

अब बायर्नले सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग भिड्ने छ । बार्सिलोना क्वाटर फाइनल पुग्ने क्रममा नेपोलीलाई समग्रमा ४-२ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्