onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोमालाई पराजित गर्दै सेभिल्ला युरोपा लिगको क्वार्टरफाईनलमा

एजेन्सी । इटालियन क्लब रोमालाई पराजित गर्दै स्पेनिश क्लब सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने क्रममा जर्मनीमा बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा सेभिल्लालाई जित दिलाउने क्रममा सर्जियो रेगुइलोन र युसुफ एन-नेसिरीले समान एक -एक गोल गरेका थिए ।

खेलमा खेलको २१ औं मिनेटमा सेभिल्लाले अग्रता बनाएको थियो टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा सर्जियोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा सेभिल्लाले दोस्रो गोल गर्न सफल भयो दोस्रो गोल टिमका लागि
रेगुइलोनले गरेका थिए ।

पहिलो हाफ भित्रनै २-० ले पछाडी रहेको रोमाले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरेको भएपनि सफल हुन् नसक्दा सेभिल्लालाई जित दिलाउन पहिलो हाफको गोलनै प्रयाप्त बन्यो ।

अब सेभिल्लाले क्वाटरफाइनलमा इंग्लिस क्लब वल्भ्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्