onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएललाई भारत सरकारको अनुमति

एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड ( बिसीसीआई ) ले १३ औं संस्करणको आईपीएल सेप्टेम्बर देखि १९ नोभेम्बर १० सम्म युएईमा गर्ने निर्णय गरेको छ । त्यसका लागि अहिले भारत सरकारले पनि अनुमति समेत दिईसकेको छ ।

इन्डियन प्रिमियर लिगको गवर्निंग काउन्सिलका अनुसार अब हरेक फेन्चाईज टिममा कम्तिमा २४ जना मात्र हुने छन् । यसबीचमा हरेक १४ -१४ दिनमा कोरोना भाइरस ( कोभिड-१९ ) को टेष्ट गरिने छ । यसका साथैं ड्रेसिंग रूममा पनि मात्र १५ जनालाई अनुमति दिइएको छ ।

कोरोना भाइरसका कारण यसपटकको आईपीएल स्वदेश बाहिर युएईमा हुन् गईरहेको हो । योसँगै युएईमा दोस्रोपटक आईपीएल आयोजना हुने भएको हो । यसअघि सन् २०१४ मा पनि भारतमा आम निर्वाचनका कारण केहि खेलहरु युएईमा भएका थिए ।

भाइरसको प्रभावका कारण यस संस्करण हुने या नहुने अन्यौल पैदा भईरहेको अवस्थामा आईसीसीले अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप अर्को वर्षलाई सारेपछि आईपीएल उक्त मितिमा आयोजना गर्न सम्भव भएको हो ।

अब केहि दिनपछि आईपीएलको पूर्ण खेल तालिका पनि सार्वजनिक हुनेछ ।युएईका तीन ठूला शहर दुबई, आवूधावी र शारजाहमा हुने यस १३ औं संस्करणको आईपीएल हुने भएपछि खेलाडीसँगै क्रिकेट पारखिका लागि ठूलो राहत मिलेको छ । यता आईपीएल अघि अर्को विश्व प्रतिष्ठित क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) हुनेछ । जो अगस्ट १९ तारिख देखि सेप्टेम्बर १० सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्