onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

६ छक्का भुलेर स्टुअर्टका लागि ताली बजाईदिनुहोस् – युवराज सिंह

एजेन्सी । पूर्व भारतीय क्रिकेट टोलीका अलराउन्डर युवराज सिंहले इंग्ल्यान्डका तिब्र गतिका बलर स्टुअर्टको बारेमा खुलेरै प्रंशसा गरेका छन् । वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको तीन टेष्ट सिरिजको दौरान स्टुअर्ट ब्रडले टेष्टतर्फ ५ सय विकेट पूरा गर्दै ५ सय विकेट लिने विश्वको सातौं खेलाडी बन्दै गर्दा युवराजले उनको सफलतामा खुशी ब्यक्त गरेका हुन् ।

सामाजिक संजाल टुईटरमार्फत उनले स्टुअर्टको बारेमा प्रंशसा गर्ने क्रममा उनले लेखेका छन् ,‘स्टुअर्टका बारेमा केही म लेख्छु त मानिसहरु ६ छ्क्कासँग जोडेर हेर्छन् । आज पनि म मेरा फ्यानहरुलाई भन्न चाहन्छु उनका लागि ताली बजाईदिनुहोस् । टेष्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्न मजाकको कुरा होईन । त्यसका लागि मेहनत , समर्पण र अठोटको जरुरत पर्छ । ब्रॉडी तपाईं महान हो’।

युवराजले स्टुअर्टको बारेमा यसरी लेखि रहँदा त्यसका लागि अलिकति पछाडी फर्किनु पर्छ । स्टुअर्ट र युवराजबीच एउटा छुट्टै नाता क्रिकेटले जोडि दिएको छ । एउटा खेलका कारण युवराज स्टुअर्टप्रती सदैभ आदर र सम्मान गर्छन् ।

युवराजले कयौंसँग क्रिकेट खेले तर उनका लागि स्टुअर्ट धेरै खास छन् । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टी-ट्वान्टी विश्वकपका दौरान जब युवराजले स्टुअर्टको बलमा ६ बलमा ६ छ्क्का प्रहार गरे । त्यसपछि अर्को दिन जब स्टुअर्टको बुबा क्रिस ब्रॉडसँग उनको भेट भयो । भेटको क्रममा उनको बुबाले भनेको एउटा सब्दले उनलाई नरमाईलो लागि रहयो । त्यो एउटा बुबाले छोरा प्रती देखाएको माया थियो ।

यो कुराले उनलाई त्यसबेला निकै भाबुक समेत बनायो । केही समय सम्म ६ छ्क्काको कीर्तिमानमा दंग रहेका युवराजलाई त्यो कुराकानीले सोचाईमा नै परिवर्तन ल्यायो । त्यसपछि स्टुअर्टको सफलतामा रमाउँने मध्यमा युवराज पनि एक पर्छन् ।

बुबासँगको त्यो भेट

विश्व कीर्तिमान त बन्यो,युवराजको चर्चा परिचर्चा व्यापक हुनेनै भयो । तर कीर्तिमान बनेको भोलिपल्टनै स्टुअर्टका बुबा क्रिस ब्रडसँग युवराजको भेट एक कार्यक्रमका दौरान हुन पुग्यो । उनका बुबा युवराजलाई भेट गर्न स्वयम् आएका थिए । उनी क्रिकेट रेफ्री समेत हुन् ।

युवराजलाई त्यसबेला निकै असहज लागेको थियो । एउटा बुबाको नजरमा कस्तो लागेको होला भनेर, उनले मेरो बारेमा के सोचिरहेका होलान् । मेरो प्रती उनले धारणा कस्तो बनाएका होलान् यस्तै कुराहरू फटाफट उनको दिमागमा आउँन थाले र उत्सुकताका साथ हेरे ।

त्यसैबीचमा उनले फ्याट भने,‘तिमिले मेरो छोराको जिन्दगी खतम गरिदियौं ।’युवराजले यसलाई छोरा प्रती बाबुको मायाको रुपमा लिएर सम्मानका साथ लिए र केही बोलेनन् ।

स्टुअर्टको बुबाको त्यो भाबुकपूर्ण कुराले गर्दा उनको मनलाई छोयो । त्यसपछि भने स्टुअर्टले सदैभ राम्रो गरून् भन्ने युवराजलाई लागिरहयो ।
त्यसबेला उनले युवराजलाई उक्त भावुक कुराका साथ छोराका लागि जर्सीमा आफ्नो हस्ताक्षर गर्नका लागि आग्रह समेत गरेका थिए ।

त्यसपछि छोराप्रती बाबुको माया देखेर भावुक बनेका युवराजले त्यस जर्सीमा उनले,‘मेरो पनि ५ बलमा ५ छ्क्का लागेको थियो । म पनि जान्छु त्यसबेला कस्तो महसुश भनेर तर तपाईं इंग्ल्यान्ड क्रिकेटको भविष्य हो – सुभकामना ।’भनेर लेखेर दिएका थिए ।

तर त्यसपछि स्टुअर्टले राम्रो गर्दै गए । राम्रो खेले । मलाई अहिले पनि लाग्छ,‘त्यो दिन मेरो लागि बनेको हुनुपर्छ । मलाई स्टुअर्टको बुबाले त्यसबेला भनेको कुराले निकै छोएको थियो । पछि स्टुअर्ट राम्रो गर्दै गए र मलाई पनि उनको प्रदर्शनले गर्दा खुशी अनुभुती हुन् थाल्यो ।’ स्टुअर्टलाई लिएर युवराज आज पनि भन्छन् ,‘उनि प्रती मेरो निकै सम्मान छ उनि विश्व क्रिकेटका प्रतिभावान तिब्रगतिका बलर हुन् ।’

त्यो १९ औं ओभर

सन् २००७, दक्षिण अफ्रिका, आईसीसी टि – ट्वान्टी विश्वकप ! जुन विश्वकपको उपाधि पनि भारतले उचालेको थियो । यस विश्वकपमा भारतका आक्रमक ब्याट्सम्यान युवराज सिंहले एक सानदार विश्व कीर्तिमान बनाएका थिए । कीर्तिमान बनाउँने क्रममा उनले त्यसबेला एकै ओभरमा ६ छ्क्का प्रहार गरेका थिए । जुन कीर्तिमान अझै पनि कायमै रहेको छ ।

विश्वकपको खेल,त्यसमाथि इंग्ल्यान्ड जस्तो टिमविरुद्धको खेलाडीको ओभरमा ६ बलमा ६ छ्क्का त्यो अदभूतनै रहेको छ । स्वयम् युवराजलाई पनि यस्तो होला भन्ने पनि लागेको थिएन । उनि पछि आफैं अचम्मित समेत परेका थिए । त्यो दिन युवराजका लागिनै भनेर बनेको रहेछ । भने स्टुअर्ट लागि सर्वाधिक खराब दिन ।

तिब्र गतिका बलर स्टुअर्ट त्यसबेला पनि इंग्ल्यान्डका राम्रो बलरका रुपमा मानिथ्ये । टिमका लागि राम्रो गर्दै आएका पनि थिए तर विश्व कीर्तिमान हुन् लेखेको रहेछ । किंग्समीड डरबनमा भएको उक्त सम्झनालायक खेलमा भारतले सुरुमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

त्यसक्रममा राम्रो ब्याटिङ गरिरहेको भारत र युवराजका लागि १९ औं ओभर निकै यादगार सावित हुन पुग्यो । उक्त ओभरमा स्टुअर्टले ६ बलमा ६ छ्क्कासहित ३६ रन खर्चिदा युवराजका लागि कीर्तिमान बन्न प्रयाप्त बनेको थियो । उक्त ईनिङमा स्टुअर्टले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै ६० रन खर्चिएका थिए । भने युवराजले ५८ रन बनाएका थिए । पछि इंग्ल्यान्डले खेल पनि १८ रनले गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *