onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलको मिति सार्वजनिक

एजेन्सी । विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ( आईपीएल ) को यस संस्करणको मिति सार्वजनिक भएको छ ।

क्रिकेटको चर्चित वेवसाइट ईएसपीएन क्रिकइन्फ्रोले आईपीएलको गवर्निंग काउन्सिलका अध्यक्ष बृजेश पटेलको भनाईलाई आधार मान्दै आईपीएल आउँदो सेप्टेम्बर १९ बाट सुरु हुने जनाएको छ । फाइनल खेलको बारेमा भने अझै टुंगो नलागेको भएपनि नोभेम्बर ८ र १० तारिखमा हुन् सक्ने बताईएको छ ।

कोरोना भाइरस ( कोभिड -१९ ) का कारण यसपटकको आईपीएल स्वदेश बाहिर युएईमा हुन् गईरहेको छ । योसँगै युएईमा दोस्रोपटक आईपीएल आयोजना हुने भएको छ । यसअघि सन् २०१४ मा पनि भारतमा आम निर्वाचनका कारण केहि खेलहरु युएईमा भएका थिए ।

भाइरसको प्रभावका कारण यस संस्करण हुने या नहुने अन्यौल पैदा भईरहेको अवस्थामा आईसीसीले अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप अर्को वर्षलाई सारेपछि आईपीएल उक्त मितिमा आयोजना गर्न सम्भव भएको हो । अब केहि दिनपछि आईपीएलको पूर्ण खेल तालिका पनि सार्वजनिक हुनेछ ।

युएईका तीन ठूला शहर दुबई, आवूधावी र शारजाहमा हुने यस १३ औं संस्करणको आईपीएल हुने भएपछि खेलाडीसँगै क्रिकेट पारखिका लागि ठूलो राहत मिलेको छ । यता आईपीएल अघि अर्को विश्व प्रतिष्ठित क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपीएल ) हुनेछ । जो अगस्ट १९ तारिख देखि सेप्टेम्बर १० सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्