onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चार जना खेल पत्रकार सम्मानित

काठमाडौं (अनलाइन खेलखबर ) । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारबाट चार जना खेल पत्रकार सोमबार सम्मानित भएका छन् ।

सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पाठक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनिहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका थिए । सम्मान कार्यक्रममा पाठक पोखरामानै रहेको हुँदा उपस्थित जनाउँन सकेनन् ।

सोही अवसरमा अन्य विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्