onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फुटबल

बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सानदार जित निकाल्ने क्रममा भिल्लारियललाई ४-१ ले पराजित गर्न सफल भयो ।

बार्सिलोनालाई जित दिलाउन लुइस सुरेज एन्टोइन ग्रिजिमन र अन्सू फातीले समान एक -एक गोल गर्दा एक गोल उपहार स्वरुप प्राप्त गरेको थियो । भिल्लारियलको तर्फबाट एक मात्र गोल जेरार्ड मोरेनोले गरेका थिए ।

खेलमा बार्सिलोनाले उपहार गोलमार्फत अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमानै भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गर्न पुगे । तर त्यसको ११ मिनेटपछि भिल्लारियलले बराबरी गोल फर्कायो । खेललाई बराबरी ल्याउने क्रममा भिल्लारियलका जेरार्ड मोरेनोले गोल गरेका थिए ।

खेल १-१ को बराबरीमा चलिरहदा २० औं मिनेटमा बार्सिलोनाले दोस्रो गोल गर्न सफल भयो । टिमका लागि दोस्रो गोल लुइस सुरेजले गरेका थिए । तेस्रो गोल खेलको ४५ औं मिनेटमा एन्टोइनले गरे ।

पहिलो हाफ भित्र ३-१ ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि थप एक गोल थप्यो । खेलको ८६ औं मिनेटमा अन्सू फातीले चौथो गोल गर्दै टिमलाई सहज जित दिलाए ।

यो जितसँगै बार्सिलोना अहिले ३४ खेलबाट ७३ अंकसहित अंकतालिकाको दोस्रोस्थानमा यथावत रहेको छ । भने शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ७७ अंक रहेको छ । यता पराजित भिल्लारियल ५४ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *