onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फुटबल

लिग च्याम्पियन लिभरपुलको सहज जित

एजेन्सी । ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको लिभरपुलले लिग अन्तर्गत एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ ।

रेलिगेसन क्षेत्रमा रहेको भिल्लामाथि लिग च्याम्पियन लिभरपुलले २-० को जित आत्मसाथ गर्न सफल भयो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र कर्टिस जोन्सले समान एक – एक गोल गरे ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल पहिलो हाफ गोलरहित भएको भएपनि दोस्रो हाफमा लिभरपुलले राम्रो पुनरागमन गर्दै गोल निकाल्न सफल भएको थियो ।

खेलको ७१ औं मिनेटमा गोलको खडेरीलाई भंग मानेले गरेका थिए । त्यसपछि ८९ औं मिनेटमा लिभरपुलले थप अर्को गोल थप्यो । जुन गोल जोन्सले गरेका थिए ।

यो जितसँगै लिभरपुलको अंकतालिकामा ८६ अंक भएको छ । लिभरपुलले उपाधि सात खेल अगावै जितेको थियो । लिभरपुललाई पछ्याईरहेको म्यान्चेस्टर सिटीको ६६ अंक रहदा एस्टन भिल्ला २७ अंकसहित पुछारबाट तेस्रोस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *