शीर्ष टोली रियल म्याड्रिडको संघर्षपूर्ण जित

शीर्ष टोली रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा अंकतालिकाको शीर्ष टोली रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलले संघर्षपूर्ण जित हासिल गर्ने क्रममा गेटाफेलाई १-० ले पराजित गरेको छ ।

टिमलाई जिताउन कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलमा अधिकत्तम बल पोजिसन आफ्नो पक्षमा राखेको भएपनि रियललाई गोल भने पेनाल्टीमार्फत प्राप्त भएको थियो ।

गोलरहित बराबरीमा खेल अगाडी बढिरहेको अवस्थामा गेटाफेका मथियास ओलिवेराले पेनाल्टी क्षेत्रमा फाउल गरेपछी रियलले ७९ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गर्यो ।

जसलाई कप्तान सर्जियो चुकेनन र अन्ततः त्यहीँ गोल टिमलाई ३ अंक दिलाउन प्रयाप्त बन्यो ।

यो जितसँगै ३३ खेल खेलेको रियलले अंकतालिकामा ७४ अंक जोड्दै शीर्षस्थान यथावत रहेको छ । जसलाई बार्सिलोनाले ७० अंकसहित पछ्याईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *