onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जेनोआमाथि युभेन्ट्सको सहज जित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्षस्थानमा रहेको युभेन्ट्सले जेनोआमाथि सहज जित हासिल गरेको छ ।

गएराति जेनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

रेलिगेसन क्षेत्र नजिक रहेको जेनोआविरुद्ध युभेन्ट्सका पाउलो डिबाला , क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले समान एक -एक गोल गरेका थिए । भने जेनोआका एन्ड्रिया पिनामोन्टीले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप युभेन्ट्सले आक्रमक शैली अपनाउँदा गोल हुन् सम्भव रहयो । खेलको ५० औं मिनेटमा युभेन्ट्सले अग्रता बनाई छाड्यो । उसका लागि पाउलोले पहिलो गोल गरे ।

पाउलोको गोलपछि त्यसको ६ मिनेटपछि युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले गोल गर्दै अग्रता २-० को पुर्याए । त्यसपछि ७३ औं मिनेटमा कोस्टाले टिमका लागि तेस्रो गोल गर्दा ७६ औं मिनेटमा जेनोआका एन्ड्रिया पिनामोन्टीले सात्वना गोल फर्काए ।

यो जितसँगै युभेन्ट्स २९ खेलबाट ७२अंकसहित अंकतालिकाको शीर्षस्थानमा यथावत छ भने जसलाई लाजियोले ६८ अंकका साथ पछ्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्