onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

छुम्बी लामा र धर्मराज गिरी क्यानको सदस्यमा मनोनीत

काठमाडौं (अनलाइन खेलखबर )। नेपाल क्रिकेट संघ(क्यान )मा थप दुई जना सदस्यहरु थपिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सिफारिसमा छुम्बी लामा र धर्मराज गिरी क्यानको नयाँ सदस्य बनेका हुन् ।

क्यानको विधानमा दुई जना केन्द्रीय सदस्य परिषद्ले सिफारिस गरेको हुने भन्ने उल्लेख छ । र सोही आधारमा लामा र गिरी केन्द्रिय सदस्य बनेका हुन् ।

परिषद्ले यी दुईजनालाई असार १० गते क्यानमा पठाउने निर्णय गरेको थियो र मंगलबार उनिहरुलाई नियुक्त दिईएको छ ।

लामा नेपाली क्रिकेटमा लामो समय देखि क्रियाशिल रहदै आएका छन् । टंक आङबुहाङको कार्यकालको बेला पहिलोपटक क्यानमा प्रवेश गरेका उनले यसअघि क्यानको
चिफ अपरेटिङ अफिसर (सिओओ) को जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

उनि नेपालको चर्चित फेन्चाईज लिग पोखरा प्रिमियर लिग र वुमन्स च्याम्पियन्स लिगको आयोजक क्विन्स इभेन्ट्सको प्रबन्ध निर्देशक पनि हुन् ।

यस्तै लामासँगै क्यानको सदस्यमा मनोनीत भएका धर्मराज गिरी क्रिकेट खेलाडी समेत हुन् । उनले केही घरेलु प्रतियोगिता पनि खेलेका छन् । र उनि मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनमा पनि आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्