onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

‘नेपालको जर्सी लगाएर सन्यास लिन चाहन्छु’ – सागर थापा

काठमाडौं (अनलाइन खेलखबर ) । खेल मिलेमतो अर्थात् म्याच फिक्सिङको मुद्दाबाट नेपालको सर्वोच्च अदालतबाट सफाइ पाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाले एकपटक फेरी नेपालको जर्सी लगाउने बाताबरण बनाउन आग्रह गरेका छन् ।

फोटो – कान्तिपुर टेलिभिजन

शनिबार कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ईट्स माई शो मा उनले उक्त कुरा ब्यक्त गरेका थिए ।

आजको दिनमा सुरुमा आफुलाई हेर्ने भनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले नै हो । अब एन्फाले एसियाली फुटबल महासंघ ( एएफसी) सँग यो -यो आधारले हाम्रो सवोच्च अदालतले सफाइ दिएको छ भनेर प्रतिबन्धको फुकुवामा पहल गर्दिनु पर्ने उनि देख्छन् ।

सागर भन्छन् ,‘एउटा नेपालीको हिसाबले मलाई सवोच्चको निर्णयनै ठूलो हो । अब एएफसी र फिफाको कुरा आउँछ । त्यसका लागि एन्फाले आफ्नो जिम्मेवारी सम्झेर आफ्नो दाहित्व पूरा गर्दिनु पर्यो ’।

आजको दिनमा पनि एएफसीले म्याच फिक्सिङ गरेको आधार देखाईदियोस म मान्न तयार छु । तर न एएफसीले आधार देखाउन सक्छ यस्तोमा एन्फाले मलाई एकचोटी नेपालको जर्सि लगाएर मैदानमा सन्यास दिने माहोल मिलाईदिनु पर्यो्। त्यो अधिकार पाउनु पर्यो । भन्ने हिसाबले एन्फालाई सागरले कार्यक्रमबाटै अपिल गरेका थिए ।

उक्त कार्यक्रममा सागरसँगै नेपालका चर्चित खेल पत्रकार प्रकाश तिमल्सिनाको पनि उपस्थिति रहेको थियो । जो हाम्रो खेलकुद डट कमका सम्पादक समेत हुन् ।

केही दिनअघि फिक्सिङको मुद्दा खेपिरहेका सागर थापासहित खेलाडीहरु सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा र प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिवले थापाले सवोच्च अदालतबाट सफाइ पाएका थिए ।

सवोच्च अघि फिक्सिङ मुद्दालाई विषेश अदालतले पनि सफाइ दिएको थियो । सोही सफाइलाई देशको अन्तिम अदालत सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेका थिए ।

देशको अदालतले पूर्ण सफाइ दिए पनि उनिहरुलाई एसियाली फुटबल महासंघ(एएफसी) ले लगाएको आजिवन प्रतिबन्ध भने यथावतनै रहेको छ ।

थुप्रै अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण खेलमा फिक्सिङ गरेको आरोपमा सागर थापासहित ६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले २०७२ सालमा प्रकाउ गरेको थियो । र उनिहरुलाई सोही वर्षको कार्तिक महिनामा राज्यविरुद्धको द्रोहमा विशेष अदालतमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *