onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट फुटबल

लिभरपुल ३० वर्षपछि च्याम्पियन बन्दा पारस दंग : भन्छन्,‘प्रतीक्षा समाप्त भयो ’

काठमाडौं (अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा हालका महत्वपूर्ण सदस्य पारस खड्का क्रिकेट सँगै फुटबलका पनि ठूला पारखि हुन् ।

उनिमा फुटबलप्रति लगाभ गहिरो छ । समय भएको बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलहरु पनि हेर्ने गर्छन् । बिदेशीको हकमा विशेषत: उनले इंग्लिस प्रिमियर लिगलाई अझ नजिकबाट निकाल्ने गर्छन् ।

नेपाली क्रिकेटका हालसम्मका सबैभन्दा सफल कप्तान पारस खड्काको मनपर्ने क्लब लिभरपुल हो । सकभर लिभरपुलको खेल उनले गुमाउने गर्दैनन् ।

यिनै पारसले पछ्याउँदै आएको क्लब लिभरपुलले ३० वर्षको अन्तरालपछि अहिले इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।

च्याम्पियन बन्नका लागि लामो यात्रा तय गरेको लिभरपुलको यात्रालाई सम्झदै उनले शुक्रबार आफ्नो सामाजिक संजालमार्फत लिभरपुलको जितमा खुशी व्यक्त गरेका छन् ।

जसमा उनले लिभरपुलको यात्रा अविश्वसनीय रहेको र आगामी दिनहरुमा पनि त्यो जारी रहने विश्वास समेत व्यक्त गरेका छन् ।

यस्तै सोही क्रममा नेपाली फुटबलको घर जहाँ हामी निश्चित रुपमा आगामी दिनहरुमा सानदार खुशीयाली र एतिहासिक क्षणलाई सजाउँने उल्लेख गर्दै नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालामा लिभरपुलको जर्सिमा आफ्नो फोटो शेहर गरेका छन् ।

लिग अन्तर्गत बिहीबार राति अंकतालिकाको दोस्रोस्थानमा रहेको म्यान्चेस्टर सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएपछी सात खेल अगावैनै लिभरपुलले लिगको उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *