onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राष्ट्रिय स्कोरर तथा क्रिकेट खेलाडी अंकितलाई पितृशोक

काठमाडौं (अनलाइन खेलखबर ) । नेपाली युवा क्रिकेट खेलाडी तथा राष्ट्रिय स्कोरर अंकित प्रताप सिंहलाई पितृशोक परेको छ ।

अंकितका पिता प्रहरी सहायक निरीक्षक मुनमुन सिंहको मंगलबार ४८ औं वर्षको उमेरमा मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो ।

आईतबार आफू कार्यरत रौतहट जिल्लास्थित नौकाहा प्रहरी चौकीदेखि गाउँ फर्किने क्रममा उनको मोटरसाइकल दुर्घटना भएको थियो । उनि त्यस चौकीका ईन्चार्ज समेत थिए । दुर्घटना पछि घाईते अवस्थामा रहेका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याएको थियो ।

र उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो । स्व. सिंहका श्रीमती र २ छोराहरु रहेका छन् । अब हिन्दु परम्परानुसार उनको बुधबार बिहान अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्