बर्नलीमाथि सिटीको फराकिलो जित

बर्नलीमाथि सिटीको फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले बर्नलीमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सिटीको घरेलु मैदान ईतिहाद रंगशालामा भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

सुरुवाती अवस्थाबाटै एकतर्फी बनेको खेलमा सिटीका लागि फिल फोडेन र रियाद महरेजले समान २/२ गोल गर्दा डेभिड सिल्भाले एक गोल गरेका थिए ।

सिटीले खेलमा अग्रता भने २२ औं मिनेटमा बनाएको थियो । टिमका लागि पहिलो गोल फिल फोडेनले गरेका थिए । त्यसपछि रियाद महरेजले ४३ औं मिनेटमा र पहिलो हाफको ईन्जुरी समयमा लगातार दुई गोल गर्दा सिटीले पहिलो हाफ भित्र ३-० को अग्रता बनाईसकेको थियो ।

पहिलो हाफमा ३-० ले अगाडी रहेको सिटीले आफ्नो लय दोस्रो हाफमा पनि जारी राख्यो । खेलको ५१ औं मिनेटमा डेभिड सिल्भाले टिमका लागि चौथो गोल गर्दा ६३ औं मिनेटमा फिलले आफ्नो ब्यक्तिगत दोस्रो र टिमका लागि पाँचौ गोल गरेका थिए ।

यो जितसँगै सिटीले अंकतालिकामा ६३ अंक जोड्दै दोस्रो स्थानमा छ । भने पराजित बर्नली ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *