onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्सनल ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा ब्राइटन एन्ड होभ अल्वियोनले आर्सनललाई पराजित गर्न सफल भएको छ ।

ब्राइटनको घरेलु मैदान अमेक्स रंगशालामा भएको खेलमा ब्राइटनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले अग्रता बनाएको थियो । निकोलस पेपले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर उनको अग्रता धेरै बेर टिक्न सकेन ७ मिनेटपछि ब्राइटनका लुइस डन्कले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

१-१ को बराबरीमा चलिरहेको खेलको ईन्जुरी समयमा ब्राइटनले एक गोल थप्दा आर्सनल स्तब्ध हुन् पुग्यो । अन्तिम समयमा नील मौपाले गोल गर्दै ब्राइटनलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यो जितसँगै ब्राइटन ३२ अंकसहित अंकतालिकाको १५ औं स्थानमा रहेको छ भने आर्सनल ४० अंकका साथ दसौं स्थानमा सुरक्षीत छ ।

प्रतिक्रिया दिनुहोस्