onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना र सेभिल्लाको खेल बराबरीमा

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत उपाधिको दाबेदार मध्यको एक बार्सिलोनाले तेस्रो स्थानमा रहेको सेभिल्लासँगको खेल बराबरीमा टुंगाएको छ ।

शुक्रबार राती सेभिल्लाको घरेलु मैदान रेमन सांचेज़ पीसजुआनमा भएको खेलमा खेल गोल रहित बराबरीमा सकिएको हो ।

खेलमा दुबै टिमले केही राम्रा अवसर प्राप्त गरेको भएपनि गोलमा परिणत गर्न भने सकेनन् । र १-१ अंक बाड्न बाध्य भए ।

यो बराबरीसँगै शीर्षस्थानमा यथावत रहेको बार्सिलोनाको ३० खेलबाट ६५ अंक भएको छ । जसलाई रियल म्याड्रिडले पछ्याईरहेको छ । उसको २९ खेलबाट ६२ अंक रहेको छ । भने रियललाई सेभिल्लाले पछ्याएको छ । जसको ५२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्