onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालका चार प्रशिक्षकलाई ‘ए’ लाइसेन्स प्राप्त

काठमाडौं (अनलाइन खेलखबर ) । एसियाली फुटबल महासंघ ( एएफसी) अन्तर्गत नेपालका चार प्रशिक्षकले ‘ए’लाइसेन्स प्राप्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ ( एन्फा ) का अनुसार ‘ए’लाइसेन्स प्राप्त गर्ने क्रममा अनन्त राज थापा, चेतन घिमिरे, सल्यान खड्गी र युगल किशोर राई रहेका छन् ।

यस्तै २ जना प्रशिक्षकले प्रो ‘ए’ लाइसेन्स प्राप्त गरेका छन् । प्रो पाउँनेमा चुन बहादुर थापा र बसन्त गौचन थकाली रहेका छन् ।

एएफसीले अघिल्लो वर्षको डिसेम्बर १ देखि मार्च ८ तारिखसम्म काठमाडौंमा कोर्स सन्चालन गरेको थियो । त्यसैको आधारमा नेपालका ४ जनाले ‘ए’लाइसेन्स र २ जनाले प्रो ‘ए’लाइन्सेस प्राप्त गर्न सफल भएका हुन् ।

लाइन्सेस प्राप्त गर्न कोर्स लागि २१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्