onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

म्याच फिक्सिङमा आरोपित सागर थापासहित ६ जनालाई सवोच्च अदालतबाट सफाइ

काठमाडौं (अनलाइन खेलखबर ) । खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ गरेको आरोपको मुद्दा लागेका नेपाली फुटबल खेलाडी, प्रशिक्षक तथा फिजियो गरी ६ जनालाई नेपालको सर्वोच्च अदालतले सफाइ दिएको छ ।

मंगलबार फिक्सिङको मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित खेलाडीहरु सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा र प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिवले थापाले सफाइ पाएका हुन् ।

यसअघि फिक्सिङ मुद्दालाई विषेश अदालतले पनि सफाइ दिएको थियो । सोही सफाइलाई देशको अन्तिम अदालत सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई मंगलबार सदर गरेको हो ।

देशको अदालतले पूर्ण सफाइ दिए पनि उनिहरुलाई एसियाली फुटबल महासंघ(एएफसी) ले लगाएको आजिवन प्रतिबन्ध भने यथावतनै रहेको छ ।

थुप्रै अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण खेलमा फिक्सिङ गरेको आरोपमा सागर थापासहित ६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले २०७२ सालमा प्रकाउ गरेको थियो । र उनिहरुलाई सोही वर्षको कार्तिक महिनामा राज्यविरुद्धको द्रोहमा विशेष अदालतमा मुद्दा चलाएको थियो ।

अदालतबाट सफाइ पाएपछि सागरले सत्यको जित हुन्छ भनेर प्रतिक्रिया दिएका छन् । र अब एएफसीबाट लागेको आजिवन प्रतिबन्धको निर्णय फुकुवा गर्न आफुहरुले अपिल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्