onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इबरमाथि रियलको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इबरमाथि सहज जित हासिल गरेको छ ।

उपाधिको दाबेदार मध्यको एक समेत रहेको रियलले सहज जित निकाल्ने क्रममा इबरलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

कोरोना भाइरस( कोभिड-१९) का कारण बीचका रोकिएको लिगमा फर्किएको रियलले फर्किएपछीको पहिलो खेलमा सानदार प्रदर्शन गर्यो ।

इबरलाई पराजित गर्ने क्रममा रियलले खेलको चौथो मिनेटमानै अग्रता बनाएको थियो । टिमकालागि पहिलो गोल टोनी क्रोसले गरेका थिए ।

चौथो मिनेटमा पहिलो गोल गरेको रियलले खेलको ३० औं मिनेटमा दोस्रो गोल थप्यो । दोस्रो गोल सर्जियो रामोसले गरेका थिए । त्यसको ७ मिनेटपछि रियलका लागि मार्सेलोले तेस्रो गोल गरे ।

इयसरी पहिलो हाफ भित्र ३-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा भने एक गोल खान पुग्यो । खेलको ६० औं मिनेटमा इबरका पेड्रो बिगासले गोल गरे अन्तत उक्त गोल सान्त्वना गोल हुन् पुग्यो ।

जितसँगै रियलको उपाधि होड बलियो बन्दै गएको छ । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाको अहिले ६१ अंक रहदा बार्सालाई पछ्याईरहेको रियलको ५९ अंक रहेको छ । यता पराजित हुन् पुगेको इबरको २७ अंकसहित अंकतालिकाको १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्