onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ला लिगामा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस लिग ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले मालोर्कामाथि सहज जित हासिल गरेको छ ।

शनिबार राती भएको खेलमा बार्साले सहज जित निकाल्ने क्रममा मालोर्कालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

एकतर्फी बनेको खेलमा बार्सिलोनाको तर्फबाट आर्टुरो भेडाल ,मार्टिन ब्रेथवेट ,जोर्डी अल्बा र लियोनेल मेस्सीले गोल गरेका थिए ।

कमजोर प्रतिद्वन्द्वीमाथि बार्साले खेलको दोस्रो मिनेटमानै अग्रता कायम गरेको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा आर्टुरोले पहिलो गोल गरेका थिए ।

त्यसपछि बार्साले दोस्रो गोल खेलको ३७ औं मिनेटमा गर्यो । दोस्रो गोल मार्टिन ब्रेथवेटले गरेका थिए । यसरी पहिलो हाफमा २-० को अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

खेलको ७९ औं मिनेटमा अल्बाले टिमका लागि तेस्रो गोल गर्दा टिमका स्टार खेलाडी मेस्सीले खेलको अन्तिम समयमा गोल गर्दै समग्रमा टिमलाई ४-० को जित दिलाए । जारी लिगमा मेस्सीको यो १९ औं गोल हो ।

जितसँगै बार्सिलोनाको अग्रस्थान कायमै रहेको छ । योसँगै २८ खेल खेलेको बार्सिलोनाको अंकतालिकामा ६१ अंक रहेको छ । भने पराजित हुन् पुगेको मालोर्काको २५ अंक मात्र रहेको छ । र रेलिगेशन जोनमा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्