onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

२५ हजार दर्शकसामू सेमिफाइनल खेल

एजेन्सी-कोरोना भाइरसको संकट आउँनु अघि जस्तो,विभिन्न खेल हेर्न दर्शकहरु रगंशाला पुग्थे,देश तथा टिमलाई समर्थन गर्थे । सोही परिदृश्य केहि महिनाको अन्तराल पछि अहिले देखिन थालेका छन् ।

विषेशत: अहिले विश्वको सबैभन्दा चर्चित खेल फुटबल फर्किने क्रममा छ । कोरोना भाइरसबाट सर्वाधिक प्रभावित युरोपका ठूला लिग सुरु भईसक्दा केही सुरु हुने क्रममा छन् । तर खेल सुरु भएपनि ती ठूला लिगहरुमा दर्शकहरुको उपस्थिति भने छैन । सुरक्षाका हिसावले अहिले खाली रंगशालामा खेल भईरहेका छन् ।

यसबीचमा यस्ता देश जहाँ भाइरसको प्रभाव धेरै न्यून छ । त्यहाँ केही महिना अघिबाट रोकिएको खेलकुद गतिविधि सुचारु हुन् थालेका छन् । सुचारु मात्र भएका छैनन् जस्तो खेलको रौनक पहिलो देखिन्थ्यो सोही रौनक अहिले देखिन्छ ।

दर्शकविनाको खेल निकै खल्लो हुने गर्छ । जून अहिले युरोपमा सुरु भएका लिगबाट पनि मसशुस हुन थालेको छ। तर अहिले यो अवस्थामा खेल हुनुनै ठूलो मानिएको छ । केही नहुनु भन्दा हुनुनै उत्तम रहेको छ ।

यसरी एकतर्फ विना दर्शक खेल फर्किएको छ भने अर्कोतर्फ दर्शकको उल्लेख्य उपस्थितिमा खेलहरु हुन् थालेका छन् । केही दिनअघि मात्र भियतनामको प्रतिष्ठित लिग भि- लिगमा दर्शकको उपस्थिती आफैमा लोभलाग्दो समेत थियो । जून दृश्यलाई देखेर फुटबलको सवोच्च निकाय फिफाले समेत खुशी व्यक्त गरेको थियो ।

यस्तै युरोपको एउटा सानो देश सर्वियामा पनि भियतनामको झै माहोल देखिएको छ । जहाँ रोकिएको सर्वियन कपको सेमिफाइनल खेल भएको थियो । जसमा करिब २५ हजार दर्शकहरुले खेलको आनन्द रंगशालामा पुगेर उठाए ।

अब प्रतियोगिताको फाइनल खेल हुन बाँकी रहेको छ । जसमा उपाधिका लागि पार्टीटिजन र भोजभोडिना भिड्दै छन् । यस्तो अवस्थामा जून २४ तारिखमा हुने यो फाइनल खेल त्यहाँ मात्र सिमित हुने छैन । अन्तर्राष्ट्रिय फुटबल पारखीको नजर अब यस फाइनल खेलतर्फ अवस्य पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्