बीसीसीआई जसरी हुन्छ आईपीएल गर्ने कोशिसमा छ  – सौरव गांगुली

बीसीसीआई जसरी हुन्छ आईपीएल गर्ने कोशिसमा छ – सौरव गांगुली

एजेन्सी – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरव गांगुलीले विश्वको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) जसरी भएपनि बीसीसीआईले गर्ने कोशिसमा रहेको बताएका छन् ।

त्यसका लागि प्रतियोगिता कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूहरुमा ब्यापक छलफल समेत भईरहेको बताएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार बीसीसीआई यसपटकको आईपिएल जसरी पनि गर्ने सोचमा रहेको छ । त्यसका लागि अहिले बोर्ड विभिन्न सम्भावित कुराहरुमाथि पनि केन्द्रित छ ।

कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित हुन् पुगेको आईपीएल अब अक्टोबरमा हुन् सक्ने भनिएको छ । त्यसका लागि अक्टोबरमानै हुने टी- ट्वान्टी विश्वकपको बारेमा ठोस निर्णय हुन जरुरी छ ।

त्यसका लागि अहिले बीसीसीआईले आईसीसीसामू आईपीएल सुरुमा गर्ने र त्यसपछि मात्र विश्वकप गर्नका लागि दबाब दिएको बुझिएको छ ।

बीसीसीआईकै दबाबका कारण आईसीसी अझैं अन्योलमा देखिन्छ । फलस्वरूप आईसीसीले विश्वकपलाई लिएर निर्णय अझैं गर्न सकेको छैन । यसबीचमा अघिल्ला दुईपटकको बैठकले यस विषयमा कुनै निर्णय गर्न सकेन र अब अर्को महिना यस बारेमा टुंगो लाग्ने भनिएको छ ।

यता बीसीसीआई आफ्नो करिव ४ हजार करोड आम्दानी गुमाउँन चाहदैन त्यसैले अन्तिम विकल्प खाली रंगशालामा भएपनि आईपीएल गर्न सोचमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *