onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत पछिको टि- ट्वान्टी विश्वकप आयोजना गर्न अमेरिका इच्छुक

एजेन्सी – सन् २०२१ मा हुने भनिएको आईसीसी टि- ट्वान्टी विश्वकप पछिको विश्वकप आयोजनाका लागि अमेरिकाले इच्छा व्यक्त गरेको छ ।

बीबीसी स्पोर्ट्सको रिपोर्ट अनुसार सन् २०२१ मा भारतमा हुने विश्वकप पछिको विश्वकपको आयोजना गर्न अमेरिका इच्छुक भएको बताएको छ ।

सन् २०२१ को विश्वकपलाई लिएर अझै टुंगो भने लागेको छैन । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वकप सन् २०२२ मा हुनेपनी भनिएको छ । जसको टुंगो आज आईसीसीको बैठकबाट हुँदैछ ।

भारतपछिको विश्वकप वेस्ट ईन्डिजले आयोजना गर्ने सम्भावना रहेको छ । यस्तोमा अमेरिकाले वेस्ट ईन्डिजसँग संयुक्त रुपमा आयोजना गर्न इच्छा प्रकट गरेको हो ।

अमेरिकन क्रिकेटका मुख्य कार्यकारी अधिकारी इयान हिगिंसको अनुसार आफ्नो देशमा करिव ६ वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला रहेको हुँदा पछिल्ला दुई विश्वकपलाई पनि नियाल्दा धेरै अमेरिकनहरु पनि विश्वकप हेर्न त्यहाँ पुगेका थिए । त्यसैले हामीलाई आयोजना गर्न सह्झ हुनेछ ।

र अहिले सन् १९९४ मा फुटबल विश्वकपलाई सफलताका साथ आयोजना गरेको विश्व शक्तिशाली मुलुक अमेरिकाले क्रिकेट विश्वकप पनि आयोजना गर्न चाहना देखाईरहेको हो ।

र बीचमा केही सुस्त देखिएको अमेरिकन क्रिकेट पछिल्ला वर्ष देखि लयमा देखिएको छ । अमेरिकाले अघिल्लो वर्षनै एकदिवसीय मान्यता प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्