onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दाङको राप्ती गाउँपालीकामा राप्ती क्रिकेट क्लब गठन

दाङ ( अनलाइन खेलखबर ) । पछिल्लो समय क्रिकेटको उदायमान जिल्लाको रुपमा परिचित दाङ जिल्लाको प्रवेशद्वार समेत रहेको राप्ती गाउँपालिकामा शुक्रवार राप्ती क्रिकेट क्लब गठन भएको छ ।

स्थानिय क्षेत्रमा नेपालको सर्वाधिक लोकप्रिय खेलसमेत रहेको क्रिकेटको प्रबर्द्धन तथा विकास गर्ने उदेश्यसहित गठित क्लवले ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जस अन्तर्गत अध्यक्षमा दुर्गा प्रसाद गुप्ता चुनिएका छन् ।

यस्तै उपाध्यक्षमा पवित्रा बि.क ,सचिवमा सुमन ज्ञवाली , कोषाध्यक्षमा बलराम शाही चुनिँदा सदस्यहरुमा त्रिभुवन गुप्ता , बिषम्भर गुप्ता ,चन्द्रमणी ज्ञवाली ,ओम कुमारी बि.क, मालती गौतम ,हेमराज अधिकारी र सुवाश भुषाल चयन भएका छन् ।

यस्तै पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक केशव झाक्री मगर क्लबको मुख्य प्रशिक्षक रहने छन् । भने खेल पत्रकार सलमान शाह सहित विष्णु पोख्रेल ,ऋषिराम शर्मा र हेमराज पोख्रेल क्लबका सल्लाहकारहरु रहेका छन् ।

शुक्रवार क्लब गठन भएसँगै क्लबले आगामी दिनहरुका कार्ययोजना माथि छलफलसमेत गरेको थियो । जसमा स्थानिय खेलाडीको क्षमता विकासका लागि क्लबले विभिन्न योजनाहरु ल्याउने उल्लेख गरेको छ ।

यस्तै स्थानिय स्तरबाट समग्र क्रिकेटलाई योगदान दिने अभिप्रायसहित चाडैंनै क्रिकेट प्रतियोगिता समेत गरिने क्लबले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्