onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

अन्य बिबिध

भर्चुअल प्रतिष्पर्दामा नेपाललाई चार स्वर्ण प्राप्त

काठमाडौं (अनलाइन खेलखबर ) । विश्व मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले अस्ट्रियाको ब्रिगेन्जमा आयोजना गरेको अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल खेलमा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जित्न सफल भएका छन् ।

अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका साथै नेपालले २ रजत र १ कास्यपदक पनि जितेको छ

नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङका अनुसार नेपाललाई कमल मगर र सञ्जयराज पुटुवारले स्वर्णपदक दिलाएका थिए।

पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे ।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

मे २८ देखि ३० तारिखसम्म सन्चालन भएको अनलाइन प्रतियोगितामा विभिन्न ४ महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् ।

खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एक भन्दाबढी स्पर्धामा भाग लिनु पर्ने भए अत्तिरिक्त ५ युरो तिर्नु पर्ने थियो ।

डब्लुएमएसीले कोरोना भाइरस (कोभिड– १९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *