onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंकन क्रिकेटर शेहान लागुऔषधसहित प्रकाउ

एजेन्सी – श्रीलंकाका तिब्रगतिका बलर शेहान मदुशंका लागुऔषध राखेको र सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।

शेहान आईतबार श्रीलंकाको पन्नाला शहरमा गएका थिए । र त्यहाँ स्थानिय प्रहरीको नियमित चेकजाँचका क्रममा उनको साथबाट दुई ग्राम हिरोइन फेला परेको थियो ।

आईतबार उनको साथबाट हिरोइन भेटेपछी स्वास्थ्य जाँचमासमेत उनले सेवन गरेको प्रमाणित भएको थियो ।

त्यसपछि लगत्तै प्रहरीले सोमबार उनलाई अदालतमा पेश समेत गरेको थियो । त्यसपछि अहिले अदालतले उनलाई दुई हप्ताको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

२५ वर्षीय शेहानले सन् २०१८ मा बंगलादेशसँग खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि चोटका कारण उनि राष्ट्रिय टोलीमा रहि रहन भने सफल भएनन् । टिमबाट एकमात्र एकदिवसीय खेल खेलेका उनले पहिलो खेलमै ह्याट्रिक विकेट लिएका थिए । यस्तै टि – ट्वान्टी अन्तर्राष्ट्रियतर्फ २ खेलबाट २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्