onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेमिफाइनल प्रवेश का लागि ब्राजिल ले बेल्जियम सगँ खेल्ने

असार १९ , अनलाईन खेलखबर || सोमबार राती बेल्जियम ले एसियन मुलुक जापान लाई रोमाञ्चक खेलमा ३-२ ले पराजित गरेको छ । यो सगैँ बेल्जियम ले क्वाटरफाईनल मा ब्राजिल सगँ भेट पक्का गरेको छ ।

सोमबार नै भएको पहिलो प्रि-क्वाटरफाईनल मा ब्राजिल ले मेक्सिको माथी २-० को सानदार जित हासिल गरेको थियो ।

अब यी दुई टिम बिच क्वाटर फाईनल मा आउदो जुलाई ६ अर्थात शुक्रबार पौने १२ बजे भिडने छ्न ।

समूह चरण मा समूह बिजेता बन्दै दुबै टिम अन्तिम १६ प्रवेश गरेका थिए । दुबै टोलि जारी बिश्वकप मा अपराजित छन समूह चरण मा ब्राजिल ले पहिलो खेल मा स्विटजरल्यान्ड सगँ १-१ को बराबरि खेले पनि दोस्रो खेल मा कोस्टारिका लाई २-० ले पराजित गरेको थियो भने तेस्रो तथा अन्तिम खेल मा सर्बिया माथी २-० को जित हासिल गरेको थियो ।

यस्तै बेल्जियम ले पनि अहिले सम्म अपराजित रह्दै पहिलो खेल मा पानामा लाई ३-० को अन्तरले पराजित गर्न सफल भएको थियो भने दोस्रो खेल मा ट्युनिसिया ५-२ ले पराजित भएको थियो यस्तै समुह को अन्तिम खेलमा ईङ्ल्यान्ड १-० ले पराजित भएको थियो ।

फिफा बरियता मा पनि बेल्जियम तेस्रो स्थान मा छ भने ब्राजिल दोस्रो स्थान मा रहेको छ । जारी बिश्वकप मा पनि यी दुई टोलि उच्च लय मा देखिएका छ्न क्वाटरमा फाईनल पक्कै पनि रोमाञ्चक र टक्करपुर्ण हुने बिश्वास गरिएको छ ।

पछिल्लो खेल लाई नियाल्दा बेल्जियम पनि बलियो टिम को रूपमा आफुलाई प्रमाणित गर्दै आएको छ । बिश्वकप मा १ पटक मात्र सेमिफाइनल प्रबेश गरेको बेल्जियम का लागि अहिले ईतिहास रच्ने ठूलो मौका तथा अबसर बनेको छ । यसो भन्दै गर्दा ५ पटक को बिश्व बिजेता ७ पटक फाईनल खेलिसकेको ब्राजिल ले बेल्जियम माथी कडा टक्कर दिनेछ ।

कजान एरेना रंगशाला मा हुने उक्त खेल दुबै टिम का लागि उत्तिकै महत्त्वपूर्ण छ , ब्राजिल छठौ पटक बिश्व च्याम्पियन हुने दाउँ मा छ भने बेल्जियम नयाँ ईतिहास आफू ले कोर्ने दाउँ मा छ । खेल हेर्दा पनि यी दुई बिचको खेल हाल सम्मकै रोमाञ्चक र टक्करपुर्ण हुने सङ्केत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्