onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

बुन्डेसलिगामा बायर्नको १८ औं जित

एजेन्सी – जर्मनको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेसलिगा फुटबलमा अंकतालिकाको पहिलो स्थानमा रहेको बायर्न म्युनिखले सहज जित हासिल गरेको छ ।

आइतबार राती भएको खेलमा बायर्नले प्रतियोगिताको १८ औं जित हासिल गर्ने क्रममा युनियन बर्लीनलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

बर्लीनको मैदानमा भएको खेलमा बायर्नले सहज हासिल गर्ने क्रममा खेलको ४० औं मिनेटमा बायर्नका रबर्ट लेवन्डोव्स्कीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तुलनात्मक रुपमा बायर्न भन्दा कमजोर देखिएको बर्लीनले खेलको ८० औं मिनेटमा दोस्रो गोल खान पुगेको थियो । वायर्नका लागि दोस्रो गोल बेंजामिन पावर्डले गरेका थिए ।

यो जितसँगै बायर्नले लिगमा २६ खेलबाट ५८ अंक सहित अंकतालिकाको पहिलो स्थानमा यथावतनै रहेको छ । भने पराजित बर्लीन ३० अंकसहित अंकतालिकालो १२ औं स्थानमा रहेको छ ।

यता गएरातीनै भएको अर्को खेलमा क्लोन र मेइन्ज २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *