onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्राजिल पुग्यो बिश्वकप को क्वाटरफाईनल मा : ब्राजिल को जित मा नेयमार र फिरमिनो को शानदार गोल

असार १८ , अनलाईन खेलखबर || नेयमार र फिरमिनो को सानदार गोल को मद्धत मा रसिया मा जारी फिफा बिश्वकप मा ब्राजिल ले मेक्सिको लाई २ -० को अन्तर ले पराजित गरेको छ । यो जित सगैँ ब्राजिल क्वाटर फाईनल मा प्रबेश गरेको छ ।

समरा एरिना रंगशाला आज भएको खेल मा पहिलो हाफ गोल रहित बराबरी मा सकिएको थियो । मेक्सिको सुरुवाती अबस्थामा केही राम्रो मुभ बनाएको थियो तर, ब्राजिलविरुद्ध गोल गर्न सकेन । यसपछि भने ब्राजिल हाबी भए पनि ब्राजिलको केही प्रयासलाई मेक्सिकोको डिफेन्सले असफल बनाएको थियो भने गोलरक्षकको प्रदर्शन पनि उत्कृष्ट रहृयो ।

पहिलो हाफ मा उत्कृष्ट लय मा देखिएको मेक्सिको भने दोस्रो हाफ मा त्यो लय देख्न पाईएन दोस्रो हाफ मा ब्राजिल ले मेक्सिको माथी पुरै हाबी देखियो । जसमा खेलको ५१ औ मिनेट मा ब्राजिल का लागि नेयमार ले उत्कृष्ट गोल गर्दै टिम लाई अग्रता दिलाएका थिए । यसपछि ब्राजिल ले ८८ औ मिनेट मा अर्को गोल गर्दै २-० को अग्रता बनाएको थियो । ब्राजिल का लागि दोस्रो गोल फरमिनो ले गरेका थिए । यसपछि बाकी समय मा कुनै टिम बाट गोल हुन सकेन र ब्राजिल ले मेक्सिको माथी २-० को जित हासिल गर्न सफल भयो ।

आजको जित सगै ५ पटक को बिश्व च्याम्पियन ब्राजिल जारी बिश्वकप को क्वाटर फाईनल प्रबेश गरेको छ । क्वाटर फाईनल मा अब ब्राजिल ले बेल्जियम र जापान बिचको बिजेता टिम सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्