onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आफ्नो देशमा आईपीएल गर्न युएईको प्रस्ताव

एजेन्सी – विश्व क्रिकेटको सर्वाधिक ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) युएईमा आयोजना गर्न अमीरात क्रिकेट बोर्डले प्रस्ताव अगाडी सारेको कुरा बाहिर सार्वजनिक भएको छ ।

हाल विश्वभर माहामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण आईपीएल भारतमा गर्न समस्या उत्पन्न भईरहेको यस अवस्थामा युएईले आफ्नो देशमा गर्न सकिने प्रस्ताव अगाडी बढाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का कोषाध्यक्ष अरुण धूमलका अनुसार युएईले आफ्नो देशमा गर्न सकिने अफर दिएको भएपनी अहिले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण प्रतिबन्ध भएको हुँदा त्यसतर्फ सोचीनसकेको बताएका छन् ।

युएईअघि श्रीलंका क्रिकेटले पनि बीसीसीआई सामू श्रीलंकामा आईपीएल गर्न सकिने प्रस्ताव राखेको थियो ।

तर यसबीचमा श्रीलंकाको प्रस्तावमाथि बिसिसिआईले कुनै आधिकारिक धारणा ब्यक्त गरेको भने छैन।

यता सन् २०१४ मा भारतमा चुनावका कारण युएईमा आईपीएल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्