onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विना दर्शक क्रिकेट फर्किन सक्छ – विराट कोहली

एजेन्सी – भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विना दर्शक क्रिकेट हुन् सक्ने बताएका छन् ।

भारतिय चर्चित स्पोर्ट्स टेलिभिजन स्टार स्पोर्ट्सको एक कार्यक्रममा कोहलीले विना दर्शक क्रिकेट गर्न सकिने विकल्पलाई लिएर भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अहिले छलफल गरिरहेको खुलाशा गरेका छन् ।

तर विना दर्शक हुने हुँदा स्वाभाविक रुपमा रोमान्चकता कम महसुश हुन सक्छ उनले भनेका छन् ।

अहिले विश्वभर ठूलो स्वास्थ्य संकटका रुपमा देखा परिरहेको कोरोना भाइरस ( कोभिड -१९ ) ले गर्दा अन्य क्षेत्रसँगै खेलकुद पनि पूर्ण प्रभावित भएको छ ।

कोरोनाको प्रभाव क्रमश : बढदै जाँदा यसको बैकल्पिक विकल्पको बाटोहरु अहिले खेल जगतले खोजिरहेको बेला विना दर्शक खेल गराउँनु सुरक्षीत र बलियो माध्यम हो ।

र लामो अन्तरालपछि अब यस विषयलाई केन्द्रित गर्दै खेल गतिविधि फर्किने संङ्केत मिलेको छ । केही फुटबल लिगहरु सुरु गर्ने तयारी भईरहेको अवस्था छ ।

यता विश्व क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) भाइरसकै कारण अन्योलमा हुँदा कोहलीका अनुसार विना दर्शक हुन सक्ने आधारहरु बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्