onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

खेलाडीहरुले आँसु मात्र झार्न सकेनन्

सलमान शाह ( अनलाइन खेलखबर )।अघिल्लो वर्ष विश्वकप छ्नोट खेल्न मलेसिया जानुअघि नेपाली खेलाडीहरुमा छुट्टै उत्साह र उमंग रहेको थियो । दक्षिण अफ्रिकामा यु-१९ विश्वकपमा खेल्ने भनेर ।

जाँदा जस्तो माहोल थियो तर मलेसियाबाट विश्वकप एसिया छनोट प्रतियोगिता खेली स्वदेश फर्किदा माहोल ठिक विपरीत रहेको थियो । विमानस्थलमा हाम्रो भेट हुँदा खेलाडीमा चरम पिडाबोध भएको हामीले महशुस गरेका थियौं ।

मलिन अनुहार सहित नेपाल फर्किएका खेलाडीहरुमा निराशायुक्त भाव प्रष्ट झल्किन्थ्यो । विश्वकपमा छनोट नहुँदाको पिडा प्रस्टै खेलाडीहरुको अनुहारमा देखिन्थो ।

विश्वकप खेल्ने सपना सहित मलेसिया पुगेको नेपाली खेलाडीहरुको सपना अधुरोनै रहेपछी सोही कुरा सबै खेलाडीहरुको मनोबृतिमा देखिन्थ्यो । स्वदेश फर्किदा खेलाडीहरुले आँसु मात्र झार्न सकेनन् पिडाको चाङ प्रस्टै देखिन्थ्यो ।

त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली करिव बेलुका ६ बजेतिर आईपुग्ने भनिएपनि प्राविधिक कारणले केहि ढिला हुन् पुगेको थियो र नेपाली टोली बाहिर आईपुग्दा सम्म बाहिर अध्यारो भईसकेको अबस्था थियो ।

विमानस्थल वरिपरि पानि परिरहेको हुदाँ मौसम पनि चिसो-चिसो बन्दै गएको थियो । मुख्यत : पानिले नेपाललाई दुर्भाग्यपूर्ण विश्वकपबाट बन्चित गराएको अबस्थामा पानीलेनै खेलाडीलाई स्वागत गरेको त्यो क्षण भुल्न सकिदैन ।

त्यो क्षण अमिठो अवस्थाको मिठो संजोग हुन् पुग्यो । टिम बाहिर आएपछी स्वागत निकै खल्लो हुन पुगेको थियो । कोहि पुगेनन् स्वागतका लागि , एक होटेल ब्यबसायी पुगेर सबैलाई खादा लगाएर स्वागत गरे । न त्यहाँ सम्बधित सरोकारवालानै पुगे । न समर्थकहरु हेरिरह्दा लाग्यो यहाँ सफलतामा मात्र साथ् मिल्छ यो कुरा युवा क्रिकेट टिमको हकमा पनि त्यसपटक दोरिएको थियो ।

यो नेपाली खेलकुदको र विषेश गरि क्रिकेटमा यसअघि पनि यस्ता कुराहरु हुँदै आएको हामिहरुले देखिरहेको हुँदा नौलो भने लागेन ।

नेपाली क्रिकेट त्यसबेला अभिभावक विहिन थियो।खेलाडीहरुको अभिभावक नेपाल क्रिकेट संघ ( क्यान ) त्यस चरणमा आईसीसीको निलम्बनमा जुझिरहेको थियो । त्यस कुराको प्रत्यक्ष प्रभाव नेपाली टोली स्वदेश फर्किदा देखिएको थियो ।

शुक्रबारको दिन रहेको थियो । साँझको बेला भएको हुदाँ समर्थकहरु पनि नपुगेको हुनुपर्छ या समर्थकहरुलाई पनि सफलतासँगै खुशियाली मनाउने बानी परिसकेको छ । यो आफैंमा आफु भित्र सोचनीय विषय पक्कै रहने छ । भन्ने हामीलाई लाग्दै थियो ।

जब नेपालले कुनै प्रतियोगितामा सफलता पाउँछ । त्यसपछि विमानस्थलमा स्वागत गर्नेहरुको माहोल देख्दा लाग्छ ,आहा ! तर यी यस्ता अबस्थामा झन् खेलाडीहरुलाई साथ र हौसला चाहिएको हुन्छ । यस्तोमा हामी चुक्दै आएको छौं । र त्यसबेला पनि चुकेको हाम्रो मुल्यांकन रहेको छ ।

सफलतामा ठिक छ । खेलाडीहरुसँग खुशियाली मनाऔं अझ साथ् माया प्रदान गर्दै गर्यौं त्यसलाई निरन्तरता दिदै जाउँ । र सबैमा लागु नहोला र सबैमा भएको अझ राम्रो तर केहिले यस्तो अबस्थामा खेलाडीहरुको मनोबल बढाउन भएपनि , साथ माया र हौसला प्रदान गर्न पक्कै यस्तो अवस्थामा सम्बधित पक्षहरु नचुक्नु भन्ने मनोभाव त्यसबेला पनि उत्पन्न भएको थियो ।

खेलाडी क्रमश :आए धेरै खेलाडीहरु कुनै प्रतिक्रिया बिनानै सवारीसाधनतर्फ अग्रसर भए । सबैको अनुहार मलिन रहेको थियो । नेपाली टोलीलाई कुरेर विमानस्थलमा रहेका केही औंलामा गर्निन सकिने संचारकर्मीले कप्तान रोहित कुमार पौडेल र टिमका मुख्य प्रशिक्षक विनोद दाससँग कुराकानी गरे ।

त्यस क्रममा खेलाडीहरुको मेहनत तथा लगन देख्दा हारेपनि खुशी रहेको सकारात्मक भनाई नेपाली टोलीका कप्तान रोहित पौडेलले ब्यक्त गरेका थिए ।

एक रनको महत्व के हो ? त्यो सम्झना टिमलाई सदैभ रहने बताउदैं टिमले राम्रो गर्दा गर्दै पनि भाग्यले नेपाललाई साथ् नदिएको जिकिर उनले गरेका थिए ।

वर्षाले प्रभावित गरेको पूरा खेल्न नसकिएको युएई बाहेक अरु प्रतिद्द्न्दीलाई डोमिनेट गरेर खेलेको उनको समिक्षा रहेको थियो ।

रोहितको धारणा पछि प्रशिक्षक विनोद दासले भाग्यले साथ नदिँदा विश्वकप खेल्न नपाएको भनाई राखेका थिए ।

आखिर रोहित र विनोद दासले जिकिर गरेकोझै त्यसबेला नेपाललाई भाग्यले नै साथ नदिएको भन्नुपर्छ ।

मलेसियामा दक्षिण अफ्रिका विश्वकपको टिकट पक्का गर्न नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई पराजित गर्दै ओमान र युएईबीचको खेलमा युएई पराजित भएको खण्डमा मात्र नेपाल विश्वकपका लागि छनोट हुने थियो ।

तर नेपालको कामनाको ठिक विपरित नतिजा आएपछि विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाल निराश हुदै घर फर्किन बाध्य भएको थियो ।

मलेसियामा नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रर्दशन गरेको भएपनि दुर्भाग्यपूर्ण राम्रो खेल्दाखेल्दै बिश्वकप नजिक पुगेर पनि नेपालले गुमाएको थियो ।

छ्नोटको पहिलो खेलमा नेपालले सिगांपुरलाई २ सय १७ रनले पराजित गर्दै प्रतियोगिताको सानदार सुरुवात गरेको नेपालको दुर्भाग्य दोस्रो खेल युएईविरुद्द हुन् पुग्दा टिमको विश्वकप खेल्ने सपना अन्ततः अधुरोनै रह्यो ।

नेपाललाई विश्वकप बाट बन्चित गराएको युएई विरुद्दको त्यो खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ्ग गर्नेक्रममा निर्धारित ५० ओवरमा अलआउट हुदै २ सय ४७ रनको योगफल खडा गएको थियो ।

यसपछि नेपालले प्रस्तुत गरेको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको युएई ३० ओवरमा ३ विकेट गुमाएर १ सय २२ रनमा रहदै गर्दा भारी मात्रामा पानि परेपछि खेललाई डिएल मेथडमार्फत टुङ्गो लगाईएको थियो ।

जसमा युएईले १ रनले बाजी मार्न सफल भयो । यसपछि नेपालको बिश्वकप खेल्ने सम्भावनामा अरुको खेलमा भर पर्नु पर्ने अवस्था आएको थियो । विशेष गरि युएई र ओमानबीचको नतिजामा नेपालको आँखा गडेको अबस्था थियो तर कमजोर ओमानले स्वाभाविक अनुसार पराजित हुन् पुग्दा नेपालले विश्वकप गुमाएको हो ।

प्रतियोगितामा नेपालले तेस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा ओमान लाई १ सय ५० रनमा पराजित गरेको थियो ।

कुल ६ टिमको सहभागिता रहेको छनोट प्रतियोगिता बाट अंकतालिकामा पहिलो स्थान हासिल गर्ने टिमले बिश्वकपका लागि छनोट हुने प्राबधान अनुसार युएईले पहिलो स्थान हासिल गर्दै विश्वकप समेत खेल्न सफल भयो ।

यता यु -१९ विश्वकपको उपाधि भने बंगलादेशले उचाल्न सफल भएको थियो । पहिलोपटक विश्व च्याम्पियन हुँने क्रममा बंगलादेशले चारपटकको विजेता भारतलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्