onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतिय कप्तान सुनिल क्षेत्रीलाई नेटफ्लिक्सको आईडी र पासवर्ड दिन आग्रह

एजेन्सी । भारतिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीलाई एक फरक खालको माग प्राप्त हुँदा उनले त्यसप्रती अचम्मित महशुस गर्दै रमाइलो प्रतिक्रिया दिएका छन् ।

खासमा अहिले विश्वभर कोरोना भाइरसका कारण अधिकाम्स देशहरुमा लकडाउनको अवस्थामा छ । त्यसमा भारतमा पनि कोरोना सक्रमित बढ्दो क्रममा रहेको हुँदा लकडाउन जारी रहेको छ । र यो अवस्थामा सबै घरमा दिनचर्चा बिताईरहेका छन् ।

त्यसका लागि मनोरञ्जनको माध्यमहरु समय ब्यतित गर्न गतिलो माध्यमहरु बनिरहेका छन् । यसबीचमा विश्वको चर्चित मनोरञ्जन प्रदान गर्दै आएको नेटफ्लिक्सको सामाग्री हेर्नका लागि सुनिलका एक समर्थकले उनलाई आईडी र पासवर्ड दिन आग्रह गरेका छन् ।

जसमा ति समर्थकले लकडाउन पछि पासवर्ड परिवर्तन गर्न पनि सुझाएका छन् ।

जुन कुराले क्षेत्रीलाई अचम्मित समेत बनायो । र उनले त्यसलाई आफ्नो सामाजिक संजाल टुईटरमा शेहर गरेका छन् ।

जसमा क्षेत्रीले त्यस आग्रहलाई स्क्रिनसट गरेर यस्तो खालको आग्रह प्रति `जर्सी होईन , फोटोमा अटोग्राफ पनि होईन , पोस्टको रिप्लाई पनि होईन , छिमेकीको छोराको कुकुरको कामनासहितको भिडियो पनि होइन । जसको प्राथमिकता एकदमै प्रस्ट छ । तसर्थ यसलाई हेरेर म उनको मागलाई लिएर विचार गर्ने सोचमा रहेको भाव व्यक्त गरेका छन् ´।

क्षेत्रीको यो टुईट अहिले निकै भाइरल भईरहेको छ । जसमा थुप्रै चर्चित हस्तीहरुले पनि प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्