onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप पछि तिनपटकसम्म आत्महत्या गर्ने सोच उत्पन्न भएको थियो’- मोहम्मद शामी

एजेन्सी – भारतिय क्रिकेट टिमका तिब्रगतिका स्टार बलर मोहम्मद शामीले सन् २०१५ पछिको आफ्नो जिन्दगी तनावग्रस्त भएको हुँदा तिनपटक आत्महत्या गर्नेसम्मको सोच उत्पन्न आफुमा भएको खुलाशा गरेका छन् ।

सामाजिक संजाल ईस्टाग्राममा भारतीय टोलीका उप – कप्तान रोहित शर्मासँगको प्रत्यक्ष कुराकानीका दौरान शामीले उक्त कुरालाई उल्लेख गरेका थिए ।

रोहितसँगको कुराकानीमा उनले सन् २०१५ मा आफू चोटग्रस्त हुन पुग्दा आफुमा आत्महत्याको सोच आएको भनेर बताएका थिए । उनि विश्वकपका दौरान चोटिल हुँन पुग्दा टिममा पुनरागमन गर्न करिब १८ महिना लागेको थियो ।

उनी त्यस पललाई निकै पिडादायी समयको रुपमा आज पनि सम्झिने गर्छन् । उनि त्यसबेला निकै राम्रो लयमा समेत रहेका थिए ।

कुराकानीकै क्रममा उनले,‘तपाईंलाई पनि थाहा नै भएको हो रियाभमा जान कति मुश्किल हुन्छ । त्यसका साथ परिवारको समस्या । यी यस्ता कुराहरुले मलाई सताईरहेको थिए ।
त्यसै क्रममा ईन्डियन प्रिमियर लिग ( आईपीएल ) सुरु हुन १०-१२ अघि अर्को कुराले मलाई थप पीडा महशुस गरायो । मेरो निजि कुरा अर्थात श्रीमतीसँगको झगडालाई लिएर मिडियाले अनेकौं तरिकाको कुराहरु ल्याउने कोशिस गरिरह्वेका थिए ’।

यसरी तनाबपूर्ण चलिरहेको अवस्थामा परिवारले मलाई टुट्नबाट रोक्यो । र पछि क्रिकेटका तिनवटै ढाँचामा फर्किन सफल भए ।

तर उनि त्यो क्षणलाई आज पनि सम्झिदा आत्महत्या गर्ने सोच दिमागमा चलिरहदा कोहि न कोहि परिवारका मसँग बसिरहेका हुन्थे । उनिहरुको नजर म माथिबाट छुटेको हुँदैन्थ्यो ।

उनिहरुलाई कहि म घरको छ्तबाट त हाम फाल्दैन भन्ने सम्मको चिन्ता हुँन थालेको थियो । तर क्रमश मलाई परिवारले यसबाट छुटकारा पाउँन ठूलो साथ र सहयोग गर्दा फेरी म सामान्य अवस्थामा फर्किन सफल भए ।

यता भारतीय क्रिकेटमा शामीले आफ्नो छुट्टै पहिचान बनाईसकेका छ्न । हालसम्म उनले भारतका लागि ४९ टेस्ट , ७७ एकदिवसीय र ११ टि – ट्वान्टी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्