onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अम्पायर गुप्ता र कोषाध्यक्ष सिंहद्वारा संयुक्त रुपमा टियुमा कार्यरत मैदान कर्मचारीलाई खाद्यान्न सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत मैदान कर्मचारीहरुलाई राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ता र नेपाल क्रिकेट संघ ( क्यान ) का कोषाध्यक्ष रोशन कुमार सिंहले संयुक्त रुपमा आईतबार खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

अहिले विश्वभर महामारीको रुपमा देखा परेको स्वास्थ्य संकट कोरोना भाइरस ( कोभिड -१९ )ले विश्वभर पीडा दिईरहेको यस अवस्थामा भाइरसको रोकथाम र नियन्त्रण गर्न अहिले नेपाल सरकारद्वारा देशभर लकडाउन गरिरहेको छ ।

एक महिना भन्दा बढी लकडाउन भईसकेको यो अवस्थामा क्रिकेटका लागि मैदान मर्मत सम्भारमा अहोरात्र खट्ने ती मैदान कर्मचारीलाई जिवनयापनमा केही सहज होस् भनेर गुप्ता र सिंहले खाद्यान्न सहयोग गरेको बताएका छन् ।

उनिहरुले मैदानमा हाल रहेका कर्मचारीहरुलाई सहयोगमार्फत ४ बोरा चामल ,१२ केजी दाल , १२ केजी आलु ,४ केजी चिउरा ,८ प्याकेट तेल,४/४ प्याकेट नुन र चियापत्ती प्रदान गरेका छन् ।

यसअघि गुप्ताले काठमाडौंस्थित अर्को क्रिकेट मैदान मूलपानी क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई पनि खाद्यान्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्